सामुदायिकतर्फ सिमरा मा.बि.का दुई जना बिद्यार्थी बारा जिल्लामै उत्कृष्ट

रञ्जन यादब /बारा २०

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सामुदायिक बिद्यालयतर्फ श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराका दुई जना बिद्यार्थीहरु उत्कृष्ट गरेका छन् । उत्कृष्ट गर्नेमा बाणिज्य संकायका छात्र गौरबमान श्रेष्ठ र छात्रा सामना भट्टराई रहेका छन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गर्दा श्रेष्ठ र भट्टराईले ३.७१ जि.पि.ए ल्याएका हुन् । श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराका यी दुई जना बिद्यार्थी ल्याएको जि.पि.ए. नै सामुदायिक बिद्यालयतर्फको उत्कृष्ट रहेको दाबी गरिएको छ ।

 

यसको आधिकारिता भने पुष्टि हुन भने बाँकी रहेको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमराबाट सहभागिता जनाएका २ सय ८३ जना बिद्यार्थीमध्ये १ सय १५ जना उतिर्ण भएका छन् ।त्यस्तै एक बिषयमा अनुतिर्ण हुने बिद्यार्थी ७५ जना र दुई बिषयमा अनुतिर्ण हुने बिद्यार्थी ४१ जना रहेको बिद्यालयले जनाएको छ । देशभरबाट कक्षा १२ को परिक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।सहभागी परीक्षार्थीमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । गत वर्ष कक्षा १२ मा ५१.९१ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।प्रतिशतका हिसाबले पनि यो वर्षको नतिजा केही सुधार देखिएको छ ।नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् भने सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।शुक्रबार सार्वजनिक गरेका नतिजामा विषय लागेका विद्यार्थीहरू मौका परिक्षा दिन पाउने व्यस्था छ ।

 

शैद्धान्तिक तर्फ सोही अनुसार बोर्डले भदौ २५ र २६ गते मौका परिक्षा दिने मिति तय गरेको छ ।कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् । नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।