कृषकहरुलाई घाँस काट्ने मेसिन बितरण

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा कृषकहरुलाई घाँस काट्ने मेसिन बितरण गरिएको छ ।वडाका १४ जना पशुपालक कृषकहरुकोलागि ७५ प्रतिशत अनुदानमा मेसिन बितरण गरिएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए ।

उनले ३२ हजारमा किनिएको घाँस काट्ने मेसिन ८ हजार मुल्यमै किसानलाई बितरण गरिएको जानकारी दिए ।बजारमा उक्त घाँस काट्ने मेसिनको मुल्य ३५ हजारमा परेपनि धेरै खरिद गर्दा ३२ हजार परेको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले सार्बजनिक सुचना निकाली कृषकहरुलाई मेसिनको लागि आवेदन दिन आहवान गरेको थियो । हरेक बर्ष वडा कार्यालय कृषकहरुलाई सहुलियतकोलागि केही नै केही सामग्री बितरण गर्दै आएको छ ।