hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

गर्मी अत्यधिक बढ्न थालेपछि टाँगिया बस्तीका बिद्यालयलाई पंखा हस्तान्तरण

रञ्जन यादब /बारा

गर्मी अत्यधिक बढ्न थालेपछि बिकट क्षेत्रमा रहेका टाँगिया बस्तीका सामुदायिक बिद्यालयलाई श्री साथी नेपाल नामक गैह« सरकारी संस्थाले सिलिङ्ग पंखा उपलब्ध गराएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगिया बस्तीका दुई वटा सामुदायिक बिद्यालयलाई ६० थान सिलिङ्ग पंखा उपलब्ध गराईएको श्री साथी नेपालका कोषाध्यक्ष भिम प्रसाद उपाध्यायले जानकारी दिए । टाँगिया बस्ती स्थित नेरा मा.बिलाई ४५ थान र आधारभुत बिद्यालयलाई १५ थान गरी ६० थान पंखा बितरण गरिएको हो ।

श्री साथी नेपाल संस्थाले बिद्यालयलाई पंखा बितरण गर्नुको साथै कक्षा कोठाहरुको सिलिङ्गमा पंखा पनि आफै फिटिङ्ग गरिदिएको थियो । श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटाले बिद्यालय र बालबालिकाको स्तर उन्नतीको क्षेत्रमा संस्थाले काम गरिरहेको जानकारी दिईन् । उनले भौतिक पुर्बधार निर्माण ,शैक्षिक स्तर बृद्धि ,छात्रबृती ,बालबालिकको ब्यक्तित्व बिकाश लगायतको शैक्षिक क्षेत्रका थुप्रै कार्यक्रम गर्दै आईरहेको बताईन् । संस्थाका अध्यक्ष सापकोटाले बिद्यार्थीहरुलाई निर्धक्क भएर पढ्न आग्रह गरिन् । उनले बिशेष गरी छोरीलाई स्नातोकोत्तर (मास्टर डिग्री) सम्म अध्ययन गराउँन अनुरोध गरिन् । मधेश महिला शिक्षित भएमा दाईजो प्रथा आफै हट्ने बिश्वास ब्यक्त गरिन् । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४५ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

केही दिन यता मधेश प्रदेशमा गर्मी बढेको छ । जसका कारण पंखा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगिया बस्तीका बिद्यालयमा पंखा नहुँदा बिद्यार्थीहरु गर्मीयाममा पंखा अभावमा हैरानी खेप्थे । कक्षाकोठामा गर्मीले बिद्यार्थी र शिक्षक दुबैलाई पठ्नपाठन् जारी राख्न हम्मेहम्मे पथ्र्यो ।पढ्न नमिल्ने भएका कारण रुखको छहारी खोज्दै त्यहा पढाउनुपर्ने बाध्यता थियो ।चाईल्ड रेस्क्यु संस्थाको सहयोगमा श्री साथी नेपालले स्कुल सपोर्टेट कार्यक्रम अन्तर्गत सिलिङ्ग पंखा उपलब्ध गराईएको हो । श्री ने.रा. मा. बि. टाँगिया बस्ती बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष रमेश सापकोटाले बिद्यालयमा पंखा जोडिएपछि आफुलाई निकै खुसी महसुस भएको बताएका थिए ।

आफु जती खेर बिद्यालयमा प्रबेश गर्दा बिद्यार्थी र शिक्षकहरुले पंखा कहिले जडान गर्ने भनेर प्रश्न गर्ने गरेको सुनाए । पंखाको समस्याको हल भएपनि खानेपानी र कक्षाकोठाको समस्या पनि बिद्यालयमा बिद्यमान रहेको जानकारी दिए । कक्षा कोठा अभावमा कोचाकोच गरेर बिद्यार्थीहरु बस्नुपर्ने बाध्यता रहेको ब्यवस्थापन समितीका अध्यक्ष सापकोटा दुखेसो गरे ।

उनले श्री साथी नेपाल नामक संस्थालाई समस्याको हल गर्नमा पहल गर्न जोड दिए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रमेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१६ का वडा सदस्य प्रेम बहादुर गोले , श्री साथी नेपालका कोषाध्यक्ष उपाध्याय ,संस्थाका फिल्ड सहयोगी मनोज साह लगायत बिद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन प्रधानध्यापक मान बहादुर थापाले गरेका थिए ।