जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम

रञ्जन यादब / बारा

जीतपुरसिमराको किसानको राहतकोलागि सिँचाई बिद्युतीकरण कार्यक्रम रञ्जन यादब बारा २१ जेठ हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई बिद्युतिकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

नेपाल बिद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई बिद्युतिकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१७ ,१८ ,१९ ,२० र २४ मा सिँचाई बिद्युतिकरण हुन लागेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जसमा ३ करोड रुपैया उपमहानगरपालिकाले ( ८० प्रतिशत )र ७५ लाख (२० प्रतिशत )नेपाल बिद्युत प्राधिकरणले ब्यहोर्ने नेपाल बिद्युत प्राधिकरणको कार्यालय कलैयाका प्रमुख ईन्जिनीयर ऋषि कुमार बरनवालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई कार्यान्वयनकोलागि जेठ १६ गते नेपाल बिद्युत प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालय ,मधेश प्रदेश जनकपुरले बोलपत्र समेत आहवान गरिसकेको छ