रञ्जन यादब /बारा
बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । ११४औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला अपाङ्ग सेवा संघमा अध्ययनरत ४० जना अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको घण्टीमाई साकोसकी सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् ।
जिल्ला अपाङ्ग सेवा संघका अध्यक्ष गंगा प्रसाद वाग्लेलाई घण्टीमाई साकोसकी अध्यक्ष कोपिला सिमखडाले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री र ग्यास चुलो हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई संस्थाले फु्रटी र बिस्कुट खानलाई प्रदान गरेको थियो । कार्यक्रममा घण्टीमाई साकोसका उपाध्यक्ष कमल पौडेल , लेखा समिती संयोजक त्रिलोक शाह ठकुरी ,प्रबन्धक नबिन खड्का लगायत कार्यसमिती सदस्यहरुको उपस्थित रहेको थियो ।