रञ्जन यादब /बारा
अन्तराष्ट्रिय नारि दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा भएको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाले आफनो आँखा चेक जाँच गराएका छन् । साना किसान कृषि सहकारी संस्था लि. सिमराको आयोजना र किरण आँखा अस्पताल बिरगंजको सहकार्यमा भएको शिबिरमा १ सय ५० जना पुरुष र ३ सय ४५ जना महिलाले निशुल्क आँखा चेकजाँच गराएका थिए । जसमा ५५ जनामा मोतिया बिन्दु देखा परेको साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष कमला अधिकारीले जानकारी दिनुभयो ।
समाजिक उत्तरदायित्व अन्तर्गत भएको शिबिरमा निशुल्क आँखाको औषधीहरु बितरण गरिएको थियो । शिबिरमा चेकजाँच गर्दा मोतियाबिन्दु देखा परेका बिरामीहरुलाई बिशेष छुटमा सहुलियत दरमा किरण आँखा अस्पतालमा आँखाको सल्क्रिया हुने अध्यक्ष अधिकारीले बताउँनुभयो । आँखा चेकजाँच गराउँन जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाको बिभिन्न ठाउँबाट र छिमेकी नगरपालिका कोल्हबीबाट मानिसहरु आएको साना किसान कृषि सहकारी संस्था लि. सिमराले जनाएको छ ।
शिबिरमा शेयर सदस्य ८१ ब्र्षिय ईन्दु देबी अचार्यको आँखा चेकजाँच गरी शिबिरको सुरुवात गरिएको थियो । शिबिर हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सहकारीले गरेको लगानी उत्पादनमुखी हुनुपर्ने बताएका थिए ।
उनले जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारीहरुले ऋणमा लगानी करोडौँ करोडौँ गरेपनि त्यसको प्रतिफल खासै न देखिने गरेको बताउँनुभयो । उहाँले शिक्षाको शैक्षिक मापन गरे जस्तै सहकारी प्रदान गर्ने गुणस्तरताको मापन गर्ने सोच बनाईरहेको जानकारीदिनुभयो ।जसकोलागि सहकारीकर्मीहरु बिच बहस हुनुपर्ने आवश्यक्ता उहाँले औल्याउँनुभयो । कार्यक्रममा एकिकृत समाजवादीका पाटीका केन्द्रिय सदस्य ताज महम्मद ,हिमाल खेर ,जिल्ला सदस्य बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।