जीतपुरसिमरा महोत्सव फागुन १८ गते देखि २९ गते सम्म

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजनीमा फागुन १८ गते देखि २९ गते सम्म जीतपुरसिमरा महोत्सव हुने भएको छ ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० को बिषयमा जानकारी दिएको हो ।जीतपुरसिमरा उपमहानगरको वडा न ३ बजनीमा महोत्सवको आयोजना हुन् लागेको आयोजकले जनाएको छ ।सोमबार संघकै जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो ।‘

कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित हुने महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएका महोत्सवमा करिब २ सय स्टल रहने नगर उद्योग बाणिज्य संघका अध्यक्ष लामिछानेले जानकारी दिए ।महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पु¥याउने रहेको छ । महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रमहरु समावेश गरिएको छ ।

महोत्सवमा बिद्यार्थीहरुको लागि रु २५ रुपैयाँ,बृद्ध बृद्धा लाई निःशुल्क तथा युवाहरु संग रु ५० रुपैया प्रवेश शुल्क लिने आयोजकले जनाएको छ ।जीतपुरसिमरा उपमहानगर सहित वडा र उधोगहरु संग समन्वय गरेर महोत्सवको आयोजना हुन लागेको नगर उद्योग बाणिज्य संघको महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा बताए ।महोत्सवमा स्टल राख्नका लागि ८ हजार देखि २५ हजार सम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।आयोजकले महोत्सवको कुल लागत करिब ८३ लाख रहेको जनाएको छ ।अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहनेछ । महोत्सवलाई सफल रुपमा सञ्चालन गर्नकालागि बिभिन्न समिती र उपसमिती गठन गरिएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव प्रकाश गिरि,सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजु राज गिरि,संघका संस्थापक अध्यक्ष घनश्याम गिरि ,संघका निबर्तमान अध्यक्ष संजय साह ,नगर उद्योग बाणिज्य संघको सचिव बिष्णु अधिकारी ,मुकेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।