विदेशी खेलाडी फोफानाको ह्याट्रिकसँगै नवदुर्गा सिमरा सेमीफाईनल प्रवेश

मनहर्वा,बारा

तेस्रो मनहर्वा गोल्डकप अन्तरगतको चौथो दिनको खेल नवदुर्गा यूवा क्लब सिमराले जीतेको छ । बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरमा पछी पार्दै सिमराले खेल जितेको हो ।जीतसँगै सिमरा सेमीफाईनल प्रवेश गरेको छ । साविक विजेता समेत रहेको सिमराले विहिबार दोस्रो सेमीफाईनल खेल रिगल हेटौंडा रिसोर्टसँग खेल्ने छ ।रिगलले गत आईतबार रौतहट एफ.सी. रौतहटलाई पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो ।
सिमराकालागि पाँच गोल विदेशी खेलाडीले गरेका हुन् । खेलको ३२ औं मिनटमा सिमराका लागि विदेशी खेलाडी फोडे फोफानाले पहिलो गोल गरेका थिए । उनले खेलको ७६ औं र ९३ औं मिनटका गोल गर्दै ह्याट्रिक पुरा गरे ।यसैगरी अर्का विदेशी खेलाडी जर्सी नं. १०का रिचार्डले ३६ औं र ४४ औं मिनटका दुई गोल गर्दा सिमराको जितका लागि पाँच गोलको फराकिलो अन्तर कायम भएको थियो ।

बागमतीका लागि दोस्रो हाफको ७२ औं मिनटमा आशिक स्याङ्गतानले सान्तवना एक गोल फर्काएका थिए । उत्कृष्ठ प्रदर्शन गरेपनि बागमतीका खेलाडीले अवसरको सदुपयोग गर्न सकेका थिएनन् । उनीहरुको खेललाई दर्शकले हुटिँङ्ग गर्दै हौसाईरहेका थिए । यद्यपी गोल गर्न नसक्दा बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।आजको खेलमा नवदुर्गा यूवा क्लब सिमराका विदेशी खेलाडी फोडे फोफाना मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार पाँचस पुरस्कार प्राप्त गरे ।भोलिको पहिलो सेमिफाईनल खेल आयोजक मौवादेवी यूवा क्लब र बीरगजं यूनाईटेड विच हुनेछ । मौवा देवी उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको छ । भने बिरगजंले हनामी भरतपुर फुटबल क्लब चितवनलाई टाईब्रेकरमा पराजित गरी सेमीफाईनल पुगेको हो ।जितपुरसिमरा उपमहानगरपालिकाको समेत आर्थिक सहयोगमा भैरहेको प्रतियोगिताका विजेताले दुईलाख र उप विजेताले एकलाख रुपैया पुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् ।
सेमीफाईनल खेल हर्न दर्शकले रु ५० र शनिबार हुने फाईनल खेल हेर्न दर्शकले प्रति एकसय तिर्नु पर्ने आयोजकले जनाएको छ ।

फोटोमा ः नवदुर्गाका लागी बल अघि बढाउँदै विदेशी खेलाडी फोडे फोफाना