रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा स्थित लोट्स एकेड्मीले आफनो २३ औँ बार्षिक उत्सव तथा अभिवाक दिवस मनाएको छ । बार्षिक उत्सवको अवसरमा बिद्यालयले एस.ई.ई. र १२ कक्षामा मा उत्कृष्ट गर्ने बिद्यार्थीलाई सम्मान गरेको थियो ।कार्यक्रममा ३.७५ जि.पि.ए .ल्याएर एस.ई.ई. टप गर्ने ग्रिवाणी खड्का र ३.४५ जि.पि.ए. ल्याएर कक्षा १२ टप गर्ने दिपक मण्डललाई सम्मान गरिएको छ ।लोटस एकेड्मीका संस्थापक प्रिन्सिपल राम प्रसाद अधिकारीले बालबच्चाको पढाईमा राम्रो भुमिका खेलेको भन्दै पाँच जना अभिभावकलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रमकाबीच बिद्यार्थीहरुले साँस्कृतीक गित ,सँगित र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रमकाबीच शिक्षा क्षेत्रमा योग्दान पुरयाउँने ब्यक्तिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । कक्षा १० मा पढ्ने रिया श्रेष्ठको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक राम प्रसाद पोख्रेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले उपमहानगरपालिकाले शिक्षा क्षेत्र सुधारकोलागि सामुदायिक तथा संस्थागत दुबै बिद्यालयको शिक्षा मापन गर्ने कार्यलाई अगाडि बढाएको बताउँनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका सर्बेक्षणको माध्यमबाट शिक्षाको मापन गर्दै त्यसमा सुधारकोलागि पनि आवश्यक प्रक्रिया अगाडि बढाउँने जानकारी दिनुभयो ।