अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँन उद्यमशीलता विकास तालिम

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको अम्लेखगंजमा स्थानीय महिलालाई उद्यमी बनाउँने उदेश्यले उद्यमशीलता विकास तालिम सुरु भएको छ । उपमहानगरपालिकाको उद्यम बिकास शाखाको आयोजनामा ८ दिने उद्यमशिलता बिकास तालिम सुरु भएको उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ दिपनारायण रायले जानकारी दिए । उनले तालिममा ३ दिने ब्यवसाय सचेतना तालिम ,४ दिन ब्यवसाय सुरु तालिम र १ दिन लैङ्गिक सचेतना तथा समाजिक समावेशिकरण तालिम प्रदान गरिने बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ मा गरिबी निवारणकोलागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तर्गत सुरु भएको तालिम माघ २४ गते सम्म चल्नेछ । स्थानीय महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक महिलाहरुको लागि तालिम उपयोगी हुने बिश्वास जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले ब्यक्त गरे । यस्तो किसिमको तालिम उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनामा फलदायी हुने बताए । ।आ.व. २०८०।०८१ मा १५० जना नयाँ उद्यमी सिर्जना गर्न ४ वटा वडा छनौट भएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

तालिममा व्यवसायको परिचय, प्रकार, सफल उद्यमीका बिशेषताहरु, ब्यवसाय छनौट, प्रति इकाई उ्पादन लागत, बिक्रि मुल्य निर्धारण, नाफा– नोकसान, लगानीको प्रतिफल र पारबोन्दु बारे जानकारी गराउँने उद्यम बिशेषज्ञ रायल बताए। वडा नं.२१ का वडा अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल रहेका थिए। कार्यक्रममा वडा सदस्य जमुना गौतम, सिता बि.क. ,साना किसान कृषि सहकारी सं. लि. डुमरवाका उपाध्यक्ष सुकुमाया लामा र नगर प्रमुखका स्वकिय सचिव उदय श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण उद्यम विकास शाखाका प्रमुख उद्यम बिशेषज्ञ रायले गरेका थिए ।