रञ्जन यादब /बारा
अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बाराको सिमरामा प्रदर्शन गरेको छ । ईलाका प्रशासन कार्यालय सिमरा अगाडी प्रदर्शन गरिएको हो । एनसेल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शाखा सचिव निराजन थापाले जानकारी दिए । दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे अन्य गरिएको हो ।
कार्यक्रमलाई शाखा सभापति लक्ष्मण साह तथा पूर्व शाखा सभापति रघुनाथ लामिछानेले सम्बोधन गरेका थिए ।अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविन गर । शान्ति समाजको आवाज बुलन्द पार्दैछौं । सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस् । हाम्रो प्रदर्शन जारी छ। भन्ने नारा सहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।