रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल विरगजं यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो ।टाईब्रेकरमा बिरगजंका तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो ।पहिलो हाफमा हनामी र यूनाईटेडले बाराबरी दुईदुई गोल गरे । खेलको २० औं मिनटमा हनामीका लागि जर्सी नं.११ का रोशन क्षेत्रीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै ३४ औं मिनटका बिरगजं यूनाईडका खेलाडी जर्सी नंं.११ कै अमर डंगोलले गोल फर्काए ।एकएक गोल गरेका दुबैटिमका खेलाडी नतिजा आफ्नो पक्षमा पार्न हौसिएका बेला पुनः हनामी चितवनका तर्फबाट ३८ औं मिनटमा गणेश हमालले टिमका लागी दोस्रो गोल गरे । आक्रमक देखिएको हनामीले समालीएर खेल्न नसक्दा ४३ औं मिनटमा बिरगजं यूनाईटेडको दोस्रो गोल खान पुग्यो । यूनाईडका लागि उदित चौधरीले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । योसँगै पुनः खेल बराबरीमा गयो ।
खेलको पहिलो हाफमा दुई गोलको बराबरी खेलेका हनामी र यूनाइटे दोस्रो हाफमा रक्षात्मक बनेका थिए । दुई पक्षले दोस्रो हाफ गोल रहित बराबरी खेलेपछी अन्तत नतिजाका लागि खेल ट्राईबेरमा लगिएको थियो ।
दुबैटिमबाट ५÷५ बल प्रहारको मौका पाएपनि हनामी चितवनका रोशन क्षेत्रीले गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बाहिर गएको थियो । टाईब्रेकरमा हनामीका लागि सन्दीप सेन्चुरी,विकेश मगर,सुरज क्षेत्री र गणेश हमालले ४ गोल गरेका थिए ।यसैगरी विरगजं यूनाईटेडका लागि श्याम चौधरी, विपिन मगर,रन्जय चौधरी, विशाल खड्का र सागर चौधरीले एकएक गोल गर्दै जीत आफ्नो फोल्टामा पार्न सफल भए ।जितसँगै सेमिफाईनल प्रवेश गरेको विरगजं यूनाईटेडले आयोजक मौवादेवी यूवा क्लबसँगको भेट पक्का गरेको छ । मौवादेवी गत शनिबारको उद्घाटन खेलमा एन.वाई.सी. हरिवन सर्लाहीलाई पराजित गर्दै सेमीफाईन पुगेको छ । यी दुईटिम विलको पहिलो सेमीफाईनल खेल आगामी १७ गते हुने छ ।आजको खेलमा हनामी बि.एफ.सी.का खेलाडी जर्सी नं.११का रोशन क्षेत्री मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार ५ सय पुरस्कार प्राप्त गरे । उनलाई स्थानिय सर्वसुलभ साकोसका अध्यक्ष विमलराज भारतीले पुरस्कार प्रदान गरेका थिए ।भोलीको खेल बागमती यूवा क्लब सर्लाही र नवदुर्गा यूवा क्लब सिमरा बारा विच हुने छ । सिमराले स्थानियसँगै विदेशी खेलाडी मैदान उतार्ने जानकारी गराएको प्रतियोगिता आयोजक मौवादेवी यूवा क्लब मनहर्वाका सल्लाहकार समिति संयोजक बसन्त खतिवडाले जानकारी दिए ।आगामी २० गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद दुईलाख र उपविजेता टिमले एकलाख रुपैंया पुरस्कार पाउने छन् । प्रतियोगिताको गत शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेका थिए ।
फोटोमा ः मनहर्वा गोल्डकप अन्तरगत तेस्रो दिनको खेल खेल्दै हनामी चितवन (सेतो) र बिरजंग यूनाईटे पर्सा रातो जर्सीमा ।