जनकपुरधाम, माघ ११-
जनकपुरधाममा आम जनता पार्टी (आजपा)का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आजपाका महिलासहित २३ जना बन्दकर्तालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।
बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित गरी तोडफोड गर्ने र राष्ट्रिय सभा निर्वाचनलाई प्रभावित पार्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी अवाको भनाई छ । बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आजपाले आज मधेश प्रदेशमा आम हडताल घोषणा गरेको छ ।