सिराहामा भेटियो जनकपुरबाट हराएको बस

जनकपुर, पुस २५ गते ।

जनकपुरबाट चोरी भएको बस सिराहामा भेटिएको छ । सोमबार जनकपुरधामको बस स्टेण्डबाट हराएको बल सिराहाको गोल बजारमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गोल बजार नगरपालिकाका वडा नम्बर ७ मा पार्किङ गरेको अवस्थामा हराएको बस भेटिएको हो ।

जनकपुर देखी भिठामोड चल्ने ना ४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । तर, मङ्गलवार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनीले प्रहरीमा उजुरी दिएका थिए । उजिरी माथी छिटो एक्सन लिदै प्रहरीले बसको खोजी कार्य सुरु गरेको थियो ।