hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा

बारा, पुष ५गते ।

बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा मुदा दोहराई हेर्ने अनुमति प्रदान गर्न मिलेन भनेर उच्च अदालतले फैसला गरेपछि खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका एसपी कोमल शाहीले बताउनु भयो ।

जनकपुरया नामले परिचित रिजवाना खातुन संग पिडित भएर जीतपुरका स्थानियहरुले न्यायका लागि चक्का जाम समेत गरिसकेका छन् । खातुनले जीतपुरको कयौं दर्जन मानिस माथि झुटो मुदा हालेर दुख दिने गरेको स्थानियहरुले बताएका छन् ।