मधेस प्रदेशकै उत्कृष्ट सहकारी साना किसानको २७औं वार्षिक साधारणसभा सम्पन्न

बारा, मंसिर ३० गते ।

मधेस प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वर्षिक साधारणसभा संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको हो ।

संस्थाको अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न भएको २७औं साधारणसभाको प्रमुख अतिथि बारा क्षेत्र नं १ का संघीय साँसद अच्युत मैनाली रहनुभएको थियो ।

२०७९-२०८० मा संस्थाले ३ करोड ३९ लाख ७२ हजार ७ सय २६ रूपैया नाफा गरेको संस्थाको प्रतिवेदनमा पेस गरिएको थियो । कुल ८ हजार ४ सय ४१ जना सेयर सदस्य रहेको उक्त संस्थाको कुल पुजी १ अर्ब ६७ करोड २९ लाख ५० हजार ७५ रूपैयाँ रहेको छ ।

संस्थाको सम्पुर्ण पर्लस सुचक लक्ष्य अनुरूपनै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट बचत कारोबार, उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट समूह बचत, उत्कृष्ट फलफूल खेती, उत्कृष्ट उद्योगव्यापार, उत्कृष्ट व्यवसायिक पशुपालन, उत्कृष्ट दैनिक वचत, उत्कृष्ट पशुधन संरक्षणकर्ता, उत्कृष्ट व्यवसायिक तरकारी खेती, उत्कृष्ट अन्तरसमूह लगायतका विधामा संस्थाको सेवाकेन्द्र डुमरवाना, सिमरा, नीजगढ, कतर्वा, कोल्हवीका सदस्यहरुलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत भइसकेको साना किसान कृषि सहकारी संस्थाको २७औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बारा क्षेत्र नं १ का संघीय साँसद अच्युत मैनालीले देशको जिडिपिमा महत्त्वपूर्ण योगदान दिने कृषि क्षेत्रलाई साना किसान कृषि सहकारीले उन्नति तर्फ लाग्न महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो ।

कार्यक्रममा कोल्वी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, इलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १४ का वडाध्यक्ष चयन मगर, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारी, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थाका बरिष्ठ प्रबन्धक राजेन्द्र जमकट्लले सहजीकरण गरेका थिए ।