hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

बाराको जीतपुरमा खुल्यो “प्राईम पार्टी प्यालेस”

बारा, मंसिर २८ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो ।

विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम हल शिवपार्वती हललाई पुनर्निर्माण गरि हललाई पार्टी प्यालेसमा परिणत गरिएको छ । फिलम हललाई पुनरनिर्माण गरि पार्टी प्यालेस बनाइए पनि पार्टी फंसनमा फिल हलको पर्दा फिलम समेत चलाउन मिल्ने गरि व्यस्था मिलाइएको छ ।

जीतपुरमा राम्रो पार्टी प्यालेस नभएको कारण यँहाका बासिन्दाहरु विरगञ्ज जान बाध्य भइरहेका थिए तर अब जीतपुरमै प्राईम पार्टी प्यालेस खुले पछि यँहाका बासिन्दाहरुलाई विरगञ्ज जानु पर्ने बाध्यता हटेको होटलका संचालिका प्रबोधन गुप्ताले बताइन ।

आफ्नो स्व: श्रीमान रामनिवास प्रसाद गुप्ताको सपनालाई साकार गर्दै श्रीमती प्रबोधन गुप्ताले पार्टी प्यालेस संचालन गरेकी हुन् । श्रीमानको पार्टी प्यालेस खोल्ने सपना भएको हुदा उँहाको सपना पुरा गर्न आफुले पार्टी प्यालेस संचालन गरेको उँहाले बताउनु भयो ।

संचालिका गुप्ताको अध्यक्षतामा सम्मान भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, समाजसेवी कृष्णबरत सिहं, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष संजय साह, समाजसेवी कपिलदेव प्रसाद यादव, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरि, पुर्व महासचिव शिवजी साह, नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार, सचिव विष्णु अधिकारी, मुकेश गुप्ता, समाजसेवी खेदु गुप्ता, राजुराज गिरि, नेपाली कांग्रेसका युवा नेता शेखर भण्डारी, बारा ४ (क)बाट प्रदेश सभा सदस्यका प्रत्यासी संतोष कुशवाहा सफल व्यवसायी ओम प्रकाश गुप्ता, कृष्ण गुप्ता, राजु प्रसाद गुप्ता लगायत स्थानिय अगुवा र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।