डुमरवाना दुग्ध उत्पादक सहकारीको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पन्डित चयन

बारा, मंसिर १५ गते ।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको डुमरवाना बहुमुखी क्याम्पसमा संस्थाको अधिवेशन सहितको साधारणसभा सम्पन्न भएको हो ।

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको २८औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो ।

संस्था स्थापना भएको २८ वर्ष पुरा भएसँगै २८औं साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका अध्यक्ष न्यौपानेले प्रतिवेदन पेस गर्नुभएको थियो ।

२६ सय ८९ जना सेयर सदस्यहरू रहेका यस संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ७७ लाख ४९ हजार ५ सय ५५ रूपैया खुद नाफा गरेको छ । यता संस्थाको सम्पुर्ण पर्लस् सुचकहरू लक्ष्य अनुरूपनै रहेको छ ।

संस्थाको २८औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडल जीतपुरसिमरामा छुटै पहिचान बनाएको संस्था रहेको बताउनु भयो । उत्पादन मुलक सहकारी संस्थाले कार्यक्रम बनाए जीतपुरसिमरा लगानि गर्न तयार रहेको बताउनु भयो । साथै उँहाले अधिवेशनबाट निर्वाचित हुनुहुने पदाधिकारीहरूलाई बधाई दिदै सफल कार्याकालको शुभकामना दिनु भयो ।

साधारणसभामा उत्कृष्ट विक्रेता, उत्कृष्ट कर्मकारी, उत्कृष्ट किसान र १ जना पत्रकारलाई सम्मान गरिएको थियो ।

त्यसै गरि डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले सम्पन्न गरेको अधिवेशनबाट ४ वर्षका लागि संचालक समितिको अध्यक्षमा होमनाथ पन्डित र उपाध्यक्षमा नारायण प्रसाद घिमिरेलाई सर्बसमतले निर्वाचित गरेको छ । त्यसैगरी १३ सदस्यिय कार्यसमिती सहित लेखा समितिलगायत विभिन्न समितिको नेतृत्व समेत चयन गरेको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष चयन गुरूङ, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा उपमहानगरको सहकारी विभाग प्रमुख सुधन चौधरी, रा.स. सहकारी बैक सिमराका प्रमुख लयागतको उपस्थिति रहेको थियो ।