hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

गलत नेतृत्वको कारण फतुवा विजयपुर अस्तव्यस्तः विजय यादव

कार्तिक १४ गते

रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको छ। करिब एक महिना देखि

जनप्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् भने लोकापर्व छठको मुखमा पनि सामाजिक सुरक्षा भत्ता बितरण हुनसकेको छैन। फतुवाविजयपुर नपामा विगत महिना देखि भइरहेको नाटक मंचनले नगरपालिका अस्त ब्यस्त मात्र नभएर नगरको भविष्यनै खतरामा परेको आम जनता पार्टीको फतुवा विजयपुर नगरपालिकाको नगर अध्यक्ष एवम मेयर प्रत्यासी विजय यादव निर्विजले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुक मार्फत विरोध गरेका हुन्।

फतुवा विजयपुर नगरपालिका गलत नेतृत्वका कारण रौतहटको सब भन्दा पिछ्डेको नगर साबित भइसकेको छ यादवले जिकीर गरेका हुन। लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो।

भ्रष्टचारकाे जालोले बेरीको यो हाम्रो नगरलाई बेतिथि विरुद्ध सम्पूर्ण न्याप्रेमी जनसमुदाय अगाडि आउन जरुरी देखिएको छ । यो सवै बेथितिकाे विरुद्ध सम्पूर्ण युवा शक्ति एक हुन जरुरी रहेकाे र हाम्राे सुन्दर नगरलाई मजबुत बनाउन एक हुन् पनि युवा शक्तिमा नेता विजय यादवले आवहान गरेका हुन्।