hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

पाल्पामा भ्यान दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौं,कात्तिक ६-

पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।