बारा, असोज २५ गते ।
नेपालबाट भारत लैजान लागिएको पाँच जना बालिकाहरुको उद्धार गरिएको छ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो ।
भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षिय कबि कुमार पालले उनीहरुलाई भारत लैजान लागेका थिए । सोही क्रममा विरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको रानीसति धर्मशाला नजिकैबाट भारतीय यूवक पालबाट बालिकाहरूलाई उद्दार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत उनिहरुको अभिभावकको जिम्मा लगाईएको हो ।
करैयामाई गाँउपालिका वडा नम्बर १ बाट हराएका १३ वर्षकी १ जान, १४ वर्षकी २ जना, १६ वर्षकी २ जान गरि पाँच जना बालिका एकसाथ हराएका थिए । बालिकाहरु हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरुको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराहन्न विरगजंबाट रक्सौलतर्फ जाने क्रममा बालिकाहरु फेला पारी उद्धार गरिएको थियो ।
बालिकाहरुलाई भारत लैजाने भारतीय यूवकलाई प्रक्राउ गरी उनीमाथी अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।