काठमान्डौँ, भाद्र १५ गते ।
आज सताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।
शुक्रवार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।