बारा, असार ३१ गते ।
थारू ईन्डस्ट्रिको चर्चित म्युजिक एंव फिल्म कम्पनी बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालको कार्यालय बाराको सिमरामा स्थापना भएको छ ।
जी.वि. ईन्टरटेन्मेन्ट नेपाल प्रा.लीद्वारा संचालित वि एण्ड जी ईन्टरटेन्मेन्ट नेपाल थारू ईन्डस्ट्रिमा कम समयमा निकै अगाडी बढेको छ । करिब एक वर्ष पहिलाबाट संचालनमा आएको उक्त च्यालनले हाल सम्म ३० भन्दा बढि म्युजिक भिडियो र गितहरू सार्वजनिक गरिसकेको ।
कम्पनीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा आफ्नो कार्यालय खोल्दै झन कार्यक्षेत्र विस्तार गर्ने बताएको छ । कम्पनीले अब फिल्म र म्युजिक भिडियो सहित विवाह, व्रतबन्ध लगायतको कार्यक्रममा पनि भिडियोग्राफि गर्ने बि एण्ड जी ईन्टरटेन्मेन्ट नेपालका संचालक गणेश चौधरीले बताउनु भयो ।
सिमरामा विधिवत् रूपमा पुजा गरि कार्यालय संचालन गर्दै संचालक चौधरीले श्रावण ५ गते आखिके पलकामे नामक थारू गित सार्वजनिक गर्ने बताएका छन् ।