बारा जेष्ठ २४ गते ।
बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलानको सिल्यान्यास भएको छ । बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायणचौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल रसडक ढलानको शिल्यान्यास भएको हो ।
प्रदेशसभाका सदस्य देवनारायण चौधरिले सडकको शिलान्यास गर्दै क्षेत्र विकास कार्यक्रमबाट ८ लाख रुपैयाँ विनियोजन गरि सोयोजना निर्माणका गर्न लागिएको बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश सभा मन्जु थापा मगर , प्रदेश कमिटी सद्स्य मनोज पौडल , वडा अध्यक्ष शेखररुम्बा, रबिन्द्र खकुरेल, दीपेन्द्र लामा लगायत स्थानिय बासिन्दाको उपस्थित रहेको थियो ।
त्यसैगरी प्रदेश सभा सदस्य देवनारायण चौधरीकै क्षेत्र ४ (१) बिकास कार्यक्रम अन्तर्गतको वडा न.२१ अमलेखगञ्ज खानेपानी पाईपलाईसंरक्षण गर्न ग्याबिङको सिल्यान्यास गरिएको हो । सो आयोजनाका लागि क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ विनियोजनगरिएको छ । ग्याबिङको शिलान्यास पनि प्रदेश सभासदस्य चौधरिलेनै गर्नुभएको भएको थियो ।
उक्त कार्यक्रममा मन्जु थापा मगर ,मनोज पौडल ,वडा अध्यक्ष शेखर रुम्बा,गोपाल घलान,गिता घले ,रबिन्द्र खकुरेल, दीपेन्द्र लामालगायत स्थानिय बासिन्दाको उपस्थित रहेकोथियो ।