बारा, जेष्ठ २३ गते ।
गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा तिन दिन थप गरेको छ । विधालय अब जेठ २७ गते खुल्नेछ ।
अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २३ गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन थियो तर गर्मि नघटेपछी पुनः तिन दिन बिदा थत गरेको हो ।
अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले विद्यालयहरु बन्द गर्न निर्देशन दिएको उपमहानगरले बताएको छ ।
जीतपुरसिमरा उपमहानगरले शनिवार एक सुचना जारी गर्दै जेष्ठ १८ गते देखी जेष्ठ २३ गते सम्म विद्यालय बन्द गर्न भनिएको बिदामा थप ३ दिन थपिएको छ । विधालय अब जेठ २७ गते खुल्नेछ ।