विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते ।

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ । जीतपुरसिमरालाई हरियाली बनाउन सुर्य नेपालले अभियान नै चलाएर उपमहानगर भित्र विभिन्न ठाउँमा वृक्षारोपण गर्दै आएको छ ।

सोमबार विश्व वातावरण दिवसको अवसरमा रोपिएको विरूवाहरूको सुर्य नेपाल प्रालिले १४ महिना सम्म रेखदेख समेत गर्ने सुर्य नेपालले बताएको छ ।

वृक्षारोपण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रममा २८ नम्बर वाहिनि गणका सेना प्रमुख, सुर्य नेपालका पदाधिकारीहरू, जीतपुरसिमरा नगर उद्योग वाणिज्यका वर्तमान र निवर्तमान कार्यसमिति, ईलाका प्रहरी सिमराका प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।