ज्ञानेन्द्र शाहको प्रश्न- नयाँ नेपाल भनेको यही हो ? नेपालको अस्तित्व छैन ?

काठमाडौं,जेठ ८-

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।”

उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । “के नयाँ नेपाल भनेको यही हो ?,” उनको प्रश्न छ, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?”