मधेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति

बारा, जेष्ठ ५ गते ।

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो ।

बालुवाटारको बैठकमा भएको सहमति अनुसार नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् । बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए ।

आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताउनु भयो । कार्यकालको कति समय भन्नेबारे गठबन्धनले निर्णय गर्छ,’ उनले भने, अर्को कार्यकालमा कुन पार्टीको सरकार बन्ने भन्ने पनि निर्णय भएको छैन । त्यो विषय पछि छलफल हुन्छ ।’

जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापती एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताउनु भयो ।