hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

संघीयता जोखिममा पर्ने अवस्था देखियोः माधवकुमार नेपाल

काठमाडौं,जेठ १-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए। उनले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताए। अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए।

उनले भने, ‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ। संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ। यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यक्ता छ। कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो। सामाजिक न्यायको झण्डा हो। समानताको झण्डा हो। विकासको र समृद्धिको झण्डा हो। यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ। विकास हामी बोकिरहेका छौँ तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसंगति अहिले पनि विद्यमान छन्।’