रोकिएन विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली

बारा, जेष्ठ १ गते ।

विरगञ्ज-पथलैया सडक खण्डमा अवैध कर असुली गर्ने एक गिरोह पक्राउ पर्दा पनि ठेक्केदारले अरु मान्छेहरु खटाएर अवैध कर उठाइरहेको छ । आइतबार दिउसो बारा प्रहरीले कवाडी करको नाममा कवाडी बाहेकका अन्य सवारीहरु संगपनि कर उठाइरहेको अवस्थामै पक्राउ गरेको थियो ।

एक गिरोह पक्राउ पर्दा पनि अवैध असुली रोकिएको छैन । सोही ठेक्केदारले पुनः अन्य मानिसहरुलाई खटाएर राजमार्गको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा अवैध कर असुली जारीनै राखेको छ । हिजो आइतबार ४ जनालाई प्रहरीले रंगेहाँत पक्राउ गरेको थियो । विरगञ्ज महानगरपालिका वडा नम्बर २१ का २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका वडा नम्बर १ का १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरज कुमार गुप्तालाई ईलाका प्रहरी कार्यालय जीतपुरले हिजो आईतबार नियन्त्रणमा लिएको थियो ।

एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडीकरको नाममा मालबाहक तथा खाली सवारी साधन संग अवैध तरिकाले पैसा असुली गरिरहेको छ । एच एण्ड जे ट्रेडर्स विरगञ्जले जीतपुरसिमरा उपमहानगरपालिकाको कवाडीकर ठेक्का लिएको भएपनी कवाडीकरको विल दिएर पटके सावरी दस्तुर उठाइरहेका छ । करिव १० महिना देखी एच एण्ड जे ट्रेडर्सले यसरी अवैध तरिकाले सवारी चालकलाई डराए धम्काएर पैसा उठाउदै आइरहेको बुझिएको छ ।