चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन, वैशाख १५ गते ।

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा शुक्रबार बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् ।

कृष्णनगर माध्यमिक विद्यालयकाे पोखरी चजिकै बाघको आक्रमणबाट धादिङ गजुरी घर भई हाल माडीमा बसोबासी आएका अन्दाजी ६० वर्षीय वीर बहादुर बल घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानिका अनुसार बल गोरु र भैंसी चराउन गएको बेला बाघले उनमाथि आक्रमण गरेको थियो । उनको छाती र पाखुरामा चोट लागेको प्रहरीले बताएको छ ।