hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

आज नयाँ वर्षको पहिलो दिनको अवसर पारेर चितवनमा प्याराग्लाइडिङ्ग सुरु

चितवन, वैशाख १-

चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु भएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए । उनले भने ‘औपचारिक उदघाटन पछि गर्नेछौं, तर उडान भने सुरु भयो ।’

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।

उनले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बताए । १० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।

कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ सुरु गरिएको बताए । ‘नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको छ,’ अध्यक्ष घलेले भने, ‘जंगल सफारीका लागि प्रख्यात चितवनमा अब प्याराग्लाइडिङ्गको आनन्दसमेत आन्तरिक तथा बाह्य पर्यटकहरुले लिन सक्छन् ।’

मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले चौकीडाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलास ५८० मिटरको उचाइमा छ ।