hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ, मेरो जवाफ आउदैछः रवी लामिछाने

चितवन, चैत ३०–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले कान्तिपुरले भ्रम फैलाएको आरोप लगाएका छन् । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार लामिछानेले सामाजिक सञ्जालमा पोष्ट गर्दै आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेको बताएका छन् ।

उनी लेख्छन्, ‘आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ। मेरो जवाफ आउदैछ। अलि समय लाग्ला। त्यतिन्जेल सम्म पत्याइदिएर उहाँहरुलाई सहयोग गरिदिनु होला।’

कान्तिपुर दैनिकले आजको पत्रिकाको प्रथम पृष्ठमा ‘रविको फास्ट ट्य्राकः ७ दिने बोलपत्र गरेर ठेक्का’ नामक हेडलाइन सहितको समाचार प्रकाशित गरेको छ । उक्त समाचारलाई खण्डन गर्दै लामिछानेले भ्रम फैलाएको बताएका हुन् ।

कान्तिपुरको सब–हेडमा ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई, पुस ११ मा गृहमन्त्रीको शपथ लिएको तेस्रो दिनमै कार्यविधि स्वीकृत, प्रतिस्पर्धामा एकमात्र कम्पनी उतारेर माघ १२ मा ठेक्का, १३ मा मन्त्रालयबाट बहिर्गमन’ राखेर समाचार प्रकाशन गरिएको छ ।