hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुर: भोलि साझ प्रवचन र महाप्रसाद वितरण संगै गायत्री महायज्ञ सम्पन्न हुने

बारा, चैत्र २४ गते ।

बाराको जीतपुरमा चैत्र २२ गते बाट शुरू भएको २४ कुण्डीय महायज्ञ शनिबार समापन हुदैछ । शनिबार बिहान पुजाअर्चना र साझ प्रवचन र महाप्रसाद वितरण गरि गायत्री महायज्ञ समापन हुने आयोजकले जनाएको छ ।

महायज्ञकाे पहिलाे दिन हजाराैंकाे संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शाेभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा नं.५ स्थित दुधाैराे खाेलाबाट जल भरेर पुनः यज्ञ स्थलमा फर्किएर महायज्ञमा परिणत भएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरकाे केराढाेका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारकाे तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे भोलि समापनको दिन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थित हुने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह साेनारले बताए ।