बीरगन्ज, २१ चैत ।
बीरगन्ज महानगरपालिकाका सरसफाईकर्मीहरुले आज बिहान संकलन गरेको फोहर नेपाल टेलिकम बीरगन्जको श्रीपुर क्षेत्रिय कार्यालय परिसरमा असालेको छ । बीरगन्ज महानगरपालिका सरफाईकर्मी सहितको टोलीले एक दर्जन ट्याक्टरमा लोड गरि लिएर आएको फोहर टेलिकमको क्षेत्रिय कार्यालयमा खसालेको हो ।
बीरगन्जको वाईसपास लगायतको बिभिन्न मुल सडक तथा उप–सडकहरुमा फाईबर तार बिछ्याउनका लागि टेलिकमले खनेको बाटोहरु मर्मत नगरेको तथा पटक पटक ताकेता गर्दा समेत निर्माणका लागि टेलिकमले चासो नलिएपछि बाध्य भएर फोहर टेलिकम कार्यालय परिसरमा खसाल्नु परेको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
बाटो मर्मत नगर्दा आम नगरवासीलाई आगामनमा कठिनाई हुनुका साथै फोहर संकलन तथा व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको बीरगन्ज महानगरपालिकाको भनाई छ । टेलिकमले बाटो निर्माणको लागि पटक पटक समय लिएरको भएपनि तोकिएको समयमा हाल सम्म सडक निर्माण नरिदिएपछि यस्तो कदम चाल्नु परेको बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । Source: Nepalpostdaily