hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

उपेन्द्र यादवलाई बाराबाट पनि पराजित गर्नु पर्छः सीके राउत

बारा, चैत १० गते ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा– २ बाट पनि पराजित गर्नु पर्ने बताएका छन्। वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा यादवलाई पराजित गर्नको लागि जनमत पार्टीले पनि उम्मेदवारी दिने उनले बताए।

कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमीक बिद्यालय परिसरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपेन्द्र यादव फिरंगी रहेको आरोप लगाए। उपेन्द्र यादवलाई सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनु पर्ने राउतले बताए।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको राउतले आरोप लगाए। सत्ता गठबन्धन भित्र उपप्रधानमन्त्रीको अफर आफूलाई आइरहेको समेत कार्यक्रमा राउले खुलासा गरे। ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ। तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैन्।’

बारा–२ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बने पछि निर्वाचन क्षेत्र खाली भएको छ। उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन्। सप्तरी–२ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।