बारा र तनहुँमा पनि वैशाख १० मै उपचुनाव हुने

बारा, चैत्र १० गते ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण रिक्त भएको बारा २ र तनहुँ १ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ। रवि लामिछानेको नागरिकता अवैध ठहरिएपछि चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन तोकिएको अवस्थामा सोमबार आयोगले बारा र तनहुँमा पनि एकै दिन चुनाव गर्ने निर्णय गरेको हो।

बारा २ बाट निर्वाचित रामसाहायप्रसाद यादव उपराष्ट्रपति र तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि ती क्षेत्रमा सांसद पद रित्त भएको हो।आयोगले चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने गरी कार्यतालिका प्रकाशित गरेको छ।