बद्नाम गर्न उदेश्यले अज्ञात समुहले बजारमै हाइलेन्डर भित्र अखाद्य वस्तु हाल्योः हाइलेन्डर कम्पनी

काठमान्डौ, चैत्र ५ गते ।

केही दिन अघि हाइलेन्डर व्राण्डको भोट्का रक्सीमा अखाद्य वस्तु फेला परेको समाचार प्रकाशित भएको थियो । यो समाचार जानकारी नेपाल सहित अन्य संचारमाध्यममा समेत आएको थियो ।

रक्सीजन्य पदार्थ आफैमा स्वास्थ्यको लागि हानिकारक हो तेसमा पनि अखाद्य वस्तु फेला पर्दा हाइलेन्डरको आलोचना भयो तर वास्तविक्ता भने फरक देखिएको छ । हाइलेन्डर व्राण्डको भोट्का देशमा लोकपृय भइरहदा यसको माकेर्टीङ खराब गर्नलाई कम्पनी बाहिर खुद्रा पसलबाट खरिद गरि यसमा अखाद्य वस्तु मिलाइएको पाइएको छ ।

ऋखाद्य वस्तुभएको हाइलेन्डर व्राण्डको भोट्कालाई चेकजाँच गर्दा उक्त बोतेलको बिर्कोलाई हिट गरेर बातेल खोलेर त्यस भित्र योजना बद्ध अखाद्य वस्तु हालिएको पाईको हो । सो बातेल परिक्षण गर्दा बोतेलमा आधि पनि र आधि अल्कोहल फेला परेको छ ।

हाइलेन्डर व्राण्डका प्रतिनिधि लगायत अन्य प्लास्टिकको विर्को प्रयोग गर्ने कम्पनीले यस्ता किसिमको बोतेललाई सजिलै खोलेर पुन सिलप्याक जस्तै बनाउन मिल्ने भनेर प्रतिकृया दिएका छन् ।

हाइलेन्डरका प्रतिनिधिले भने समान्यता कुनै पनि तरल पदार्थ प्रसोधन गर्ने मेसिनमा तरल पर्दाथ बाहेक अन्य कुनै किसिमको पदार्थ मेसिन भित्र जानै नसक्ने गरि मेसिनको डिजाईन बनेको हुन्छ । तेस्मा पनि हाइलेन्डर बन्ने कम्पनीमा दजनौ कर्मचारीले बातेललाई चेक गरेका हुन्छ र इसबै कृयाकलापहरु क्यामारामा कैद भएका हुन्छन् उन्ले भने । उन्का अनुसार हाइलेन्डर ब्राण्डलाई बदनाम गर्नका लागि अज्ञात समुह वा व्यक्तिले हाइलेन्डर भित्र अखाद्य वस्तु बजारमै मिलाएको हो ।

हाइलेन्डरका प्रतिनिधि र यस विषयमा जानेका व्यक्तिले भने बोतल हेर्दा बोतललाई खोलेर त्यस भित्र अखाद्य वस्तु राखेको सजिलै अनुमान गर्न सकिन्छ । हाइलेन्डर रक्सीको बिर्कोमा राजस्व कार्यालयको स्टिकर हाइलेन्डर लेखेको व्यानर अर्थात अगाडि देखी पछाडी व्याच नं. र निर्माण समय लेखेको तिर चासिएको हुन्छ । तर अखाद्य वस्तु फेला परेको बोतेलमा स्टिकर फरक दिसा तर्फ घुमेको छ भने स्टिकर चयातिएको पनि देख्न सकिन्छ ।

यस घट्नाबारे कम्पनीले अनुसान्धान पनि गरिरहेको हाइलेन्डर  कम्पनीले बताएको छ ।