hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा माडीका ललित राउतले “सर्टपुट”मा जिते स्वर्ण पदक

चितवन, फाल्गुन १३ गते ।

चितवनमा सम्पन्न तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९ मा माडीका खेलाडी ललित राउतले सर्टपुटमा स्वर्ण पदक हाँत पारेका छन् । चितवनको माडी नगरपालिका वडा नम्बर ६, कल्याणपुरका राष्ट्रिय एथलेटिक्स खेलाडी राउतले १२ मिटर ५७ सेन्टीमिटर थ्रो गर्दै सर्टपुटमा स्वर्ण पदक हात पारेका हुन्।

तेसैगरि सर्टपुटमै दोश्रो हुने खेलाडीले १२ मिटर ४५ सेन्टीमिटर थ्रो गरेका थिए । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बिहीबारदेखि सञ्चालित राष्ट्रियस्तरको एथलेटिक्स प्रतियोगितामा नेपालका सातै प्रदेशबाट पुरुष तथा महिला गरी १३५ जना खेलाडीहरु बीच २६ वटा विधाहरुमा प्रतिस्पर्धा भएको थियो ।

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको सर्टपुटमा स्वर्ण पदक हाँत पारेका राउत यस अघि पनि विभिन्न राष्ट्रिय स्तरका दर्जनौ खेल खेलिसकेका छन् भने कयौ स्वर्ण पदक समेत हात पारिसकेका छन् । राउतलाई माडी नगरपालिकाले माडीको प्रतिनिधित्व गर्दै देशको विभिन्न ठाँउमा खेलको मार्फत माडीलाई चिनाएको भन्दै सम्मान समेत गरिसकेको छ ।