hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

खानेपानी मन्त्रीको निर्देशनः ‘मन्त्रालयमा बोतलको होइन, धाराको पानी ल्याउनू’

काठमाडौं, माघ ११-

खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहणलगत्तै बोतलको पानी मन्त्रालयमा किन भनेर प्रश्न गरेका छन्। माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको हो। उनले मन्त्रालय प्रवेश लगत्तै कार्यलयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन्। सचिव इन्जिनियर मणिराम गेलालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँगको सहकार्यमा सिंहदरबारमा नै धारा जडानको काम सुरु गर्ने जानकारी दिए।

मन्त्री खानले सरकार र पार्टीबीचको राजनीतिक कारणले मन्त्रालय आउन ढिला भएको भन्दै कर्मचारीसँग मतभेद नभएको बताए। खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिवस्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए। खान डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका हुन्।