बीरगन्जबाट एकैदिन बिलबिजक नभएका करिब २ करोडको सामानसहित तीनवटा गाडी नियन्त्रणमा

बीरगन्ज, माघ १० गते ।

पर्सा जिल्लाको बीरगन्जबाट प्रहरीले एकै दिन २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले बीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो ।

बीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना।५ ख ३८४७ नम्बरको ट्रक र बा।प्र।०३–००१ ख १२६४ नम्बरको ट्रक बीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा तीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले बताए ।

बिलबिजक बेगरका सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।