हेटौंडा, पुस २५-
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शमेत सपथ लिएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता जमकट्टेल आफ्नै दलका २१ सांसद, नेकपा एमालेका २७ सांसद, राप्रपाका १३ सांसद, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ७० जना सांसदको समर्थन पाएर सोमबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका थिए ।