जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घको तेस्रो अधिवेशन आज

जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घ (JSCCI) बाराको तेस्रो अधिवेशन आज बिहान १० बजे उद्घाटन हुने भएको छ।

सङ्घका अनुसार अधिवेशनको उद्घाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घका नव निर्वाचित वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य बाट हुने तय भएकाे जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले जनाएकाे छ ।

उद्योग, व्यापार तथा निजी क्षेत्रको विकास र सुदृढीकरणका विषयमा छलफल गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनमा विभिन्न क्षेत्रका अतिथि, उद्योगी, व्यवसायी तथा सङ्घका साधारण सदस्यहरूको सहभागिता रहने जनाइएको छ।

सङ्घले तेस्रो अधिवेशन कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सम्पूर्ण अतिथि तथा साधारण सदस्यहरूलाई उपस्थितिका लागि सादर निमन्त्रणा गरिएकाे नगर उद्याेग बाणिज्य संघका अध्यक्ष माेहन शर्मा लामिछानेले जानकारी दिए ।
अधिवेशनमार्फत सङ्घको आगामी कार्यदिशा, नीति तथा कार्यक्रमका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।