महापर्व शिरोमणि महाशिवरात्रि विशेष कार्यक्रम जीतपुर उपसेवा केन्द्रमा सम्पन्न

रञ्जन यादब /बारा

महापर्व शिरोमणि महाशिवरात्रि को पावन अवसरमा ब्रहमकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरद्वारा आयोजित शिवरात्रि विशेष आध्यात्मिक प्रवचन तथा शिव ध्वजारोहण कार्यक्रम हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजित विशेष प्रवचन कार्यक्रममा वक्ताहरूले भगवान शिवको महिमा, शिवतत्वको आध्यात्मिक महत्व र मानव जीवनमा सकारात्मक सोच तथा सत्कर्मको आवश्यकताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा शिव र पार्बतीको झाँकी प्रस्तुत गरिएको थियो । ब्रहमकुमारी राजयोग क्षेत्रीय कार्यालय बिरगंंजकि प्रमुख रबिना दिदीले शिवरात्रि पर्वले सत्य, संयम र साधनाको मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै समाजमा नैतिकता, सद्भाव र आपसी एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईन्। कार्यक्रममा शिव ध्वजारोहण गरिनुका साथै दीप प्रज्वलन गरी विश्व शान्ति तथा समृद्धिको कामना गरिएको थियो।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता ,साझेदारी बन माहासंघका मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साह ,श्री फकिरा गिरी राजेश्वर गिरी मा.बि.का प्र.अ. राजु कुमार सिँह ,जीतपुर उपसेवा केन्द्रकी प्रमुख रेनु बहनजी ,श्रवन गुप्ता लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रमले धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्य प्रसाद वितरणसँगै गरिएको थियो।