hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

२४औं स्थापना दिवसको अवसरमा जनकल्याण जीतपुरद्धारा निशुल्क स्वास्थ्य शिबिर

रञ्जन यादब /बारा

जनकल्याण बहुउदेश्यीय सहकारी संस्था जीतपुरले आफ्नो २४औं स्थापना दिवसको अवसर पारेर एकदिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त शिविरमा उल्लेखनीय सहभागिता देखिएको थियो।कार्यक्रम संस्थाका अध्यक्ष गोपाल सिंह कडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथिका रूपमा एल एस न्युरो जेनेरल हस्पिटल का डाइरेक्टर साबित्रा भण्डारी उपस्थित रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंक का शाखा प्रमुख बिलबर राजबंशी, पत्रकार रञ्जन यादव तथा मनोज कुमार साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरवासी, शेयर सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा मधुमेह जाँच, परामर्श सेवा ,दाँत तथा आँखा शिबिर लगायतका सेवा प्रदान गरिएको थियो। स्वास्थ्यकर्मीहरूको दक्ष टोलीद्वारा सेवा प्रदान गरिएकाले सहभागीहरू लाभान्वित भएका थिए।

शिविरबाट ३ सय १० जना सदस्य तथा सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा सेवा लिएको आयोजक संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादबले जानकारी दिए ।प्रमुख अतिथि भण्डारीले संस्थाले स्थापना दिवसको अवसरमा सामाजिक हितका कार्यक्रम आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहको स्वागत मनतब्य रहेको कार्यक्रममा उनले संस्थाको स्थापना कालदेखि नै सदस्य तथा समुदायको हितलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा आयोजक संस्थाका सचिव कपिलदेव प्रसाद यादब,कोषाध्यक्ष किरणप्रकाश गिरी , सदस्य बिद्या महर्जन ,मुनि कुमारी न्यौपाने ,लेखा सुपरिवेक्षण समिती संयोजक श्याम कृष्ण सुबेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनकल्याण बहुउदेश्यीय सहकारी संस्थाका सह प्रबन्धक आत्माराम अधिकारीले गरेका थिए ।