hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

मदरसा ईसालमिया जीतपुरलाई समाजसेवी राजुराज गिरीद्वारा १२ धुर जग्गा दान

रञ्जन यादब /बारा

बारा जिल्लाको जीतपुरस्थित मदरसा ईसालमिया नसिमनगरलाई समाजसेवी तथा सञ्चार उद्यमी राजुराज गिरीले लाखौँ मूल्य बराबरको १२ धुर जग्गा दान गर्नुभएको छ। शैक्षिक तथा धार्मिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले गिरीले उक्त जग्गा मदरसालाई हस्तान्तरण गर्नुभएको हो।

जग्गा दान कार्यक्रमका क्रममा बोल्दै गिरीले धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाईचाराको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने नकारात्मक प्रवृत्तिप्रति सचेत रहँदै समाजमा आपसी सम्मान, मेलमिलाप र समझदारी कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “धर्मले मानिसलाई विभाजन होइन, जोड्न सिकाउँछ,” उहाँले भन्नुभयो।यसै अवसरमा मदरसा ईसालमिया नसिमनगरले दस्तारबन्दी हुफ्फाजे केराम कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा कुरानको अर्थ बुझी कण्ठ गरेका पाँच जना हुफ्फाजे केरामलाई पगरी (दस्तार) लगाइ सम्मान गरिएको थियो। सम्मानित हुने हाफिजहरुमा नेयाज अहमद ,शहबज अहमद ,मोहम्मद आमिर ,इमतेयाज आलम र अबु बकर रहेका छन् । कार्यक्रममा धार्मिक गुरु, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।मदरसा व्यवस्थापन पक्षले राजुराज गिरीको योगदानले संस्थाको भौतिक तथा शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँप्रति आभार प्रकट गरेको छ। साथै यस्ता सहयोग र सद्भावका कार्यले समाजमा धार्मिक सहअस्तित्व र सामाजिक एकता सुदृढ हुने उनीहरूको भनाइ रहेको छ।