रञ्जन यादब/बारा
बाराको सिमरामा आगामी फागुन २१ गते हुन गईरहेकाे
संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वाधीन संयुक्त जनसरकार र जनसंबिधानको पक्षमा आयोजित यस कार्यक्रमलाई केन्द्रीय संघर्ष समितिले आयोजना गरेको थियो।
संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वाधीन संयुक्त जनसरकार र जनसंबिधानको पक्षमा आयोजित यस कार्यक्रमलाई केन्द्रीय संघर्ष समितिले आयोजना गरेको थियो।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपद), नेकपा (बहमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र अन्य नेकपा पार्टीका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूले हालको राजनीतिक परिस्थितिमा संसदिय निर्वाचनको अावश्यकता नहुने र लोकतान्त्रिक अधिकारको सुनिश्चितताका लागि बहिष्कारको कदम आवश्यक रहेकोमा जोड दिएका थिए।
केन्द्रीय संघर्ष समितिका अनुसार, आगामी निर्वाचन बहिष्कारमार्फत जनता आफ्नो मतको शक्ति र आवाजलाई अभिव्यक्त गर्न सक्नेछन्। कार्यक्रममा सहभागी नेताहरूले एकताबद्ध भएर जनताको हकहित र संविधान निर्माणमा सहकार्य गर्न आह्वान गरेका छन्।
कार्यक्रमकाे प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पाटि नेपालका स्थाई समिती सदस्य राम सिंह सिरिश रहनुभएकाे थियाे भने कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पाटि नेपालका केन्द्रिय सदस्य कर्ण थापा , नेपाल कम्युनिष्ट पाटिका केन्द्रीय सदस्य अनिल भण्डारी ,नेकपा बहुमतका केन्द्रिय सदस्य बिजय शर्मा र बैज्ञानिक समाजवादि कम्युनिष्ट पाटि नेपालका केन्द्रीय सदस्य धन बहादुर श्रेष्ठ लगायत बारा , पर्सा र राैतहटका पाटिका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
