रञ्जन यादब /बारा
बाराको जीतपुरमा हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरले मकर संक्रान्तिको पावन अवसरमा खिचडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। समता, ममता र सामाजिक समरसताको सन्देश बोकेको मकर संक्रान्तिलाई “समरसता उत्सव”का रूपमा मनाउँदै संघले श्रद्धालु तथा सर्वसाधारणलाई प्रसादस्वरूप खिचडी वितरण गरेको हो।

हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरका नगर कार्यबाहक विकास गुप्ताका अनुसार समाजमा आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। जसमा कोही सानो वा ठुलो हुँदैन् भन्ने सन्देश यो उत्सवले दिने उनले बताए । “मकर संक्रान्ति केवल पर्व मात्र होइन, सामाजिक एकता र समरसताको प्रतीक हो,” उनले भने, “यस अवसरमा सबै वर्ग र समुदायका मानिसलाई एउटै स्थानमा जोड्ने प्रयास गरिएको छ।”श्री बंगाली बाबा युग मठबाट सुरु भएको खिचडी वितरण कार्यक्रम जीतपुरको तरकारी बजारसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रममा श्रद्धालु भक्तजन, स्थानीय व्यापारी, यात्रु तथा सर्वसाधारण गरी १ हजार २ सयभन्दा बढी व्यक्तिलाई खिचडी वितरण गरि खुवाइएको संघले जनाएको छ। कार्यक्रममा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले बिहानैदेखि तयारी गरी स्वच्छ र व्यवस्थित रूपमा प्रसाद वितरण गरेका थिए। स्थानीयवासीहरूले यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने भन्दै आयोजकको प्रशंसा गरेका छन्। संघले आगामी दिनहरूमा पनि यस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको जनाएको छ ।

