hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

शितलहरबाट राहत दिन बारामा निःशुल्क दाउरा वितरण र आगो ताप्ने व्यवस्था सुरु

रञ्जन यादब /बारा

बारा जिल्लामा बढ्दो शितलहरबाट प्रभावित सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले डिभिजन बन कार्यालय बाराले निःशुल्क दाउरा वितरण तथा आगो ताप्ने व्यवस्था सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा डिभिजन वन कार्यालय बाराले नेपाली सेना लगायतका सुरक्षा निकायको सहयोगमा सोमबारदेखि जिल्लाका विभिन्न स्थानहरूमा दाउरा वितरण तथा आगो ताप्ने व्यवस्थाको कार्य प्रारम्भ गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

अत्यधिक चिसोका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका विपन्न, मजदुर, वृद्ध तथा बालबालिकालाई लक्षित गर्दै राहत कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्ने सबै निकाय, सुरक्षा कर्मी तथा सम्बन्धित पक्षप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।यसैबीच, जिल्ला वन पैदावार आपूर्ति समिति बाराले जिल्लाभरिका सम्पूर्ण स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापनको सन्दर्भमा सहुलियत दरमा दाउरा खरिद गरी आवश्यक स्थानमा वितरण गर्न अनुरोध गरेको छ।

त्यसैगरी, बारा जिल्लामा रहेका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह तथा साझेदारी वन उपभोक्ता समूहहरूलाई आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको सामाजिक कार्य वा आकस्मिक कोष प्रयोग गरी दाउरा वितरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। सम्बन्धित सव–डिभिजन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आफ्नो कार्यक्षेत्रभित्र चिसोबाट प्रभावित नागरिकलाई राहत पु¥याउन अनुरोध गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। जिल्लामा शितलहर अझै केही दिन कायम रहने मौसम पूर्वानुमानका बीच सुरु गरिएको यस राहत कार्यक्रमले चिसोबाट हुने जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।