hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

बकुलिया खानेपानी निर्माण कार्य शुभारम्भ हुँदैँ , बर्षौ देखिको खानेपानी खाने आशा पुरा हुने संकेत

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–५ मा बकुलिया खानेपानीको निर्माण कार्यको शुभारम्भ हुने भएको छ । अगामि सोमबार उपमहानगरपालिकाको आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरूको कार्य प्रारम्भका लागि विशेष कार्यक्रमको आयोजन गरिएको हो।

उक्त आयोजनामा पुरानो ट्यांकीको मर्मत ,खानेपानी कार्यालय भवनको मर्मत, र पाइपलाइन निर्माण कार्य समावेश छन्। यी परियोजनाहरूको कार्यान्वयन औपचारिक रूपमा बकुलिया खानेपानी कार्यालय परिसरमा सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ। कार्यक्रममा उपमहानगरपालिका परिवार, जनप्रतिनिधि, उपभोक्ता समिति, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

आयोजनाको सफलताको लागि सबैको सक्रिय सहभागिताले महत्व राख्ने उपमहानगरपालिकाले बताएको छ।उक्त कार्य निर्माणकोलागि ठेक्दार कम्पणी थापा ब्रदर जे.भि.संकटा न्युरोड, काठमाडौँले २ कराड ३७ लाख ७५ हजार ३ सय ३९ रुपैयामा जिम्मा लिएको छ ।